Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

राष्ट्र बैंकको निर्देशन र मापदण्ड कार्यान्वयन नगराउन सरोकारवालाको माग

राष्ट्र बैंकको निर्देशन र मापदण्ड कार्यान्वयन नगराउन सरोकारवालाको माग
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारी नियमनका लागि हालै ल्याएको निर्देशन तथा मापदण्ड लागु गर्न नहुने भन्दै सरोकारवालाले आवाज उठाएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेकाले अब राष्ट्र बैंकले बनाएका निर्देशन तथा मापदण्ड लागु गर्न नहुने माग उनिहरुको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आयोजना गरेको ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले सहकारीको नियमनको जिम्मा प्राधिकरणले लिनुपर्ने बताएका हुन् । औपचारिक रूपमा सोमबार नै प्राधिकरणको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरेका थिए । प्राधिकारणको अध्यक्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल छन् । प्राधिकरण स्वयत्त निकाय हुने भन्दै अर्को व्यवस्था नहुँदासम्म मन्त्रालयको सचिव अध्यक्ष हुने प्रावधान अध्यादेशमा राखिएको छ ।

औपचारिक रूपमा प्राधिकरणको गठन भएपछि पनि राष्ट्र बैंकले सहकारीका लागि निर्देशन तथा मापदण्ड लागु गर्न नहुनेमा सरोकारवालाको माग गरेका छन् । राष्ट्र बैंकले माघ मसान्तभित्र उक्त निर्देशन तथा मापदण्ड मस्यौदामा सुझाव मागेको छ । तर, प्राधिकरणले नै छुट्टै सहकारीलाई निर्देशन तथा मापदण्ड बनाएर लागु गर्न सक्ने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले बताइन् । “सहकारीको नियमन गर्ने प्राधिकरण स्थापना भएपछि यहीँबाट निर्देशन तथा मापदण्ड बनाइनुपर्छ । राष्ट्र बैंकले सहकारी नियमनका लागि निर्देशन तथा मापदण्ड बनाएको वार्षिक नीतिमा परेकाले होला, तर अब प्राधिकरणले यस्ता निर्देशन तथा मापदण्ड बनाउन सक्छ ।”

सरकारले ल्याएको अध्यादेशमा कतिपय राम्रा कुरा समेटिए पनि बचतको सीमाको कुराले नागरिकको स्वतन्त्रतामा हनन भएको भन्दै अध्यक्ष मल्ल थपिन, “ कर्जा सूचना केन्द्रको माग हाम्रो पहिलेदेखिकै थियो । यो सम्बोधन भएन । सहकारीलाई कस्नेतर्फ मात्र सरकार लाग्यो ।” सहकारीलाई व्यवस्थित गर्न कर्जा सूचना केन्द्र प्राधिकरण स्थापना हुनुभन्दा पहिले नै आएको भए समस्या समाधान केही राहत हुने धारणा उनको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले सहकारीका लागि निर्देशन तथा मापदण्ड लागू गर्न नहुने बताए । “नेपाल राष्ट्र बैंकले सहकारीसम्बन्धी निर्देशन तथा मापदण्डका मस्यौदा तयार गरेको छ । यी मस्यौदामा सुझाव पनि मागेको छ तर, अब राष्ट्र बैंकले यस्ता निर्देशन र मापदण्ड लागु गर्नुपर्दैन । अब प्राधिकरणले गरे हुन्छ । सहकारीमा राष्ट्र बैंक छिर्नुहुँदैन । बरू राष्ट्र बैंकको प्राविधिक सहयोग लिन सकिन्छ ।”

सहकारीसम्बन्धी कानुन राम्रा भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा सहकारी क्षेत्रमा समस्या आएको उनको भनाइ छ । तर, बचत फिर्ता गर्ने कुरा अध्यादेशमा नअटेको उनको गुनासो छ । अध्यादेशमा आएका कुरा कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने उनको भनाइ छ । कर्जा असुली प्रक्रियामा समस्या भएको भन्दै यसलाई व्यवस्थापन गर्न पनि क्यालेन्डर चाहिने उनको भनाइ छ । प्राधिकरणले कर्जा असुलीमा दिने निर्देशन मान्न आफूहरू तयार रहेको उनले बताए । छलफल कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ बागमती (प्रोस्कुन) का अध्यक्ष उद्धव सापकोटाले बैंकहरूको स्वार्थअनुसार सहकारीलाई निर्देशन गर्न मापदण्ड बनाएको उल्लेख गरे । मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष पोखरेलले सहकारीको समग्र विषयलाई नै ध्यानमा राखेर सरकारले अध्यादेशमार्फन केही कठोर प्रावधान राखेको उल्लेख गरे । छलफल गरेर त्यस्ता विषयलाई संशोधन गर्न सकिने भए प्रतिस्थापन विधेयकमार्फत गर्नेमा उनको जोड थियो । तर उनले दफा नै हटाउने र पूरै संशोधन गर्ने पक्षमा सरकार नरहेको प्रस्ट पारे । “सहकारीमा समस्या देखेर नै सरकारले कठोर कदम चाल्नुपरेको हो । वित्तीय संस्था विश्वासले चल्ने भएकाले सहकारी क्षेत्रलाई विश्वसनीय बनाउनुपर्छ ।”

प्राधिकरणले सहकारीलाई नियमन र निरीक्षण गर्ने मापदण्ड बनाउने भन्दै यो बारे सरोकारवालाहरूको सुझाव लिने भनाई उनको छ । कार्यक्रममा सहभागीहरूले अध्यादेशमा आएका केही कुरा अव्यवहारिक भएकोले कार्यान्वयन गर्ने कुरा गलत भएको धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit