images images images
images images images
images
images
images

एनआइसी एसिया लघुवित्तको साधारण सभा आज

images

काटमाडौं । एनआइसी एसिया लघुवित्तले आज वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी सिधै एजीएम बोलाएको हो ।

लघुवित्तको सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा बिहान ९ बजेपछि सुरु भएको छ ।

images
images

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले गत फागुन २८ गते नै बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

images
images

प्रतिक्रिया दिनुहोस्