Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

एक करोड २८ लाखमा बनाउन लागिएको सिटी हल निर्माण कार्यमा ढिलाई

एक करोड २८ लाखमा बनाउन लागिएको सिटी हल निर्माण कार्यमा ढिलाई
विज्ञापन
Advertisement

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ भब्रेटामा निर्माणाधिन सिटी हल निर्माण कार्यमा ढिलाई भएको छ । नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले एक करोड २८ लाख लागतमा सिटी हल निर्माण गर्न गत वर्ष नै सम्झौता गरी कामको थालनि गरेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

तर, निर्माण कार्यको जिम्मा लिएको निर्माण कम्पनीले एक वर्षमा सम्पन्न गर्नुपर्ने काममा बेवास्ता गर्दा निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।
हल निर्माणको जिम्मा पाएको ढोरपाटन निर्माण सेवाले यही माघ ३० गते सम्पन्न गर्ने गरी सम्झौता गरेको नयाँ सहर आयोजना बुर्तिबाङका प्रमुख रामकृष्ण गिरीले बताए । सम्झौता अवधिमै काम सक्ने सम्भावना कम रहेको भन्दै निर्माण कम्पनीलाई काम गर्न आग्रह गरिरहेको भनाइ उनको छ । “सिटी हल बनाउन सुरु गरेको गत वर्षदेखि नै हो, यति बेला बनिसक्नुपर्ने हो तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण कामले पूर्णता पाउन सकेको छैन, काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार पत्र काट्यौँ, तर सुनुवाइ भएन, अहिले काममा फर्किने सङ्केत देखाएको छ, धमाधम ग¥यो भने केही महिनामा काम सकिने अपेक्षा लिएका छौँ,” प्रमुख गिरीले भने ।

नयाँ सहर आयोजनाले गत वर्षदेखि भब्रेटामा हल बनाउन थालेको हो । निर्माण कम्पानीले ढिलासुस्ती गर्दा कामले गति लिन नसकेको गिरीले जानकारी दिए । विसं २०८० फागुन १ गते सम्झौता गरी काम सुरु गरे पनि हालसम्म ३५ प्रतिशत मात्रै काम सकिएको भनाइ उनको छ ।सरकारले नेपालका दश नमूना सहरमध्येमा छनोट गरेको बुर्तिबाङ बजारमा अहिलेसम्म सिटी हल बन्न सकेको थिएन ।

बुर्तिबाङ बजार साँघुरो हुँदा सिटी हलसहित पार्क, कार्यालय भवन अन्य ठाउँमा बनाउनुपरेको छ । नयाँ सहर आयोजनाले ढोरपाटन–१ र २ का विभिन्न स्थानमा संरचना बनाउँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit