Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

धितोपत्र बोर्डले पियोर इनर्जीलाई दियो आईपीओ निष्काशनको अनुमति

धितोपत्र बोर्डले पियोर इनर्जीलाई दियो आईपीओ निष्काशनको अनुमति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले आज कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन हुन लागेको हो । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit