Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

महानगरले मनायो शहीद दिवस

महानगरले मनायो शहीद दिवस
विज्ञापन
Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरी सहित माल्यार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ। शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञात अज्ञात शहीदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

श्रद्धाञ्जली सभामा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, शहीदहरुको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन नेतृत्व तहको साझा मत हुनु पर्ने बताइन । राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक भएको उल्लेख गरिन । ‘शहीदहरुको योगदान स्मरण गर्दै महानगरपालिकाले संरचना निर्माण गर्ने तथा शहीदकै नाममा सेवा सञ्चालन गर्ने काम गरिरहेको छ । धर्मभक्त पार्क, माथेमाका नाममा मानव सेवा आश्रम निर्माण, शहीद गंगालाल हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना र सञ्चालन महानगरपालिकाले गरेको काम हो । ’

‘हुुकुमी शासनको अन्त्य, जनताको स्वतन्त्रता र स्वाधीनताका लागि सहिदहरुले व्यक्तिगत सुख, सुविधा त्यागेर प्राण आहुती गरेपछि प्राप्त भएको अवस्था अहिले हामीले भोग गरिरहेका छौँ ।’ कार्यक्रममा शहीद सप्ताह समारोह समितिका संयोजक ख्यामराज तिवारीले भने, ‘अहिलेको शासन, स्वतन्त्रता र स्वाधीनता शहीदहरुको बलिदानीबाट प्राप्त भएको हुनाले यसको गरिमा बचाउनु राजनीतिक दृष्टि हुनुपर्छ ।’

माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात शहीदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहका रुपमा मनाइदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले शहीद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको हो । आज सरकारले दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit