Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

दोहोरो अंकले बढ्यो नेप्से, यी पाँच कम्पनीले कमाए उलेख्य नाफा

दोहोरो अंकले बढ्यो नेप्से, यी पाँच कम्पनीले कमाए उलेख्य नाफा
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक ११.६६ विन्दुले बढेर २ हजार ७५५.४० विन्दुमा आइपुगेको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम भने ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । धितोपत्र तथा ऋणपत्रगरी कारोबारमा आएका ३२८ कम्पनीको २ करोड १२ लाख कित्ता शेयर किनबेचहुँदा ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, सिइडीबी होल्डिङको शेयर मूल्य ३६ करोड ११ लाख रुपैयाँदेखि ९५ करोड ६४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कुमारी सबल योजना,छ्याङदी हाइड्रो पावर, बोटलर नेपाल (बालाजु) र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ७.०५ प्रतिशतदेखि १० प्रतिशतले सर्किट समेत लागेको छ । रिलायन्स फाइनान्स, उपकार लघुवित्त वित्तीय संस्था,पिपुल्स हाइड्रो पावर कम्पनी, अपर हेवाखोला हाइड्रो पावर कम्पनी र इष्र्टन हाइड्रो पावर कम्पनीको शेयरम मूल्य ४ प्रतिशतदेखि ७.२४ प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit