Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

एभरेष्ट बैंक लिमिटेडले कोशीमा विस्तार गर्यो दुई नयाँ शाखा

एभरेष्ट बैंक लिमिटेडले कोशीमा विस्तार गर्यो दुई नयाँ शाखा
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पूर्वी पहाडी जिल्लामा ग्राहकहरूलाई विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउन दुई नयाँ शाखा विस्तार गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले फिदिम (पाँचथर) मा १३०औँ र फुङ्लिङ (ताप्लेजुङ)मा १३१औं शाखा उद्घाटन गरेको हो ।

यससँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। एभरेष्ट बैंकका शाखाहरूको उद्घाटनसँगै स्थानीय ग्राहकले राष्ट्रिय स्तरको प्रविधिमैत्री बैंकिङ सेवाहरू सहज रुपमा पाउन थालेका छन्। बैंकले आगामी दिनमा अझ बढी स्थानमा शाखा विस्तार गर्ने योजना बनाएको र वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सेवा पुर्याउने लक्ष्य राखेको जनाएको छ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारको रूपमा स्थापित एभरेष्ट बैंकले हाल देशभर १३१ शाखा, ४ एक्सटेन्सन काउन्टर र १६७ एटिएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा दिइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit