Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

माछापुच्छ्रे क्यापिटललाई धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धकको अनुमति

माछापुच्छ्रे क्यापिटललाई धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धकको अनुमति
विज्ञापन
Advertisement

काठमाडौं ।माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारको अनुमति प्राप्त गरेको छ। अब कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ), हकप्रद शेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरूको निष्काशन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ। साथै, कम्पनीले शेयर रजिष्ट्रारको रूपमा शेयरधनीहरूको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण जस्ता सेवाहरू प्रदान गर्न सक्नेछ।

विज्ञापन
Advertisement
Advertisement

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्यता तथा सामूहिक लगानी कोषको इजाजत प्राप्त गरी सेवा प्रदान गरिरहेको छ। हालसालै कम्पनीले सामूहिक लगानी कोष अन्तर्गत पहिलो बन्दमुखी योजना एमबीएल इक्विटी फण्डू सार्वजनिक निष्काशन गरी सम्पूर्ण इकाइहरू पूर्ण बिक्री गर्न सफल भएको थियो।

थप इजाजतहरू प्राप्त भएसँगै कम्पनीसँग मर्चेन्ट बैंकिङ्ग अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवा उपलब्ध भएको छ। कम्पनीले सर्वसाधारण, संस्थागत लगानीकर्ता तथा अन्य सरोकारवालाहरूलाई भरपर्दो र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit