Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत
विज्ञापन
Advertisement

काठमाडौं । बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले राख्नुभएको ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाबाट प्राप्त भएका सुझावलाई समेटेर जाँदा विधेयक थप स्पष्ट र प्रभावकारी हुने सरकारको बुझाइ रहेको बताए । ‘राष्ट्रियसभाको सुझावप्रति मेरो सम्मान छ, त्यसलाई ग्रहण गर्नुपर्छ भन्ने दृष्टिकोण सभासमक्ष राख्दछु,’ उनले भने ।

त्यसअघि सांसद प्रेम सुवालले मुलुकको सन्तुलित विकास र जिल्लाभित्रै मात्र बसाइँसराइ हुने व्यवस्था गरिए बैङ्किङ कसूर स्वतः नियन्त्रण हुँदै जाने बताए । सांसद सराज अहमद फारुकीले विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त सुझावलाई समेटेर जानुपर्नेमा जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit