images
images
images

बैंकहरुले ह्वातै घटाए कर्जाको ब्याज

images
images
images

काठमाडौँ । निरन्तर निक्षेपको ब्याजदर ओरालो लागेसँगै बैंकहरूको ब्याजदरमा समेत गिरावट आएको छ । पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको ब्याजदर साढे २८ प्रतिशत घटेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा वाणिज्य बैंकहरूको आधार दर औसत ६ दशमलव ७५ प्रतिशत बिन्दुमा आइपुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूको औसत आधार दर ९ दशमलव ४६ प्रतिशत बिन्दुमा रहेको थियो । निक्षेपतर्फ निरन्तर ब्याजदर घटाएपछि आधारदर घट्न पुगेको हो । बैंकको आधारदर घट्नु भनेको कर्जाको ब्याजदर पनि स्वतः घट्नु हो । एक वर्षको अवधिमा बैंकहरूको कर्जाको ब्याजदर औसत २८दशमलव ६९ प्रतिशत घटेको देखिन्छ । जसले गर्दा ऋणीका लागि फाइदा पुग्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् भने आधारदर जति नै कम भयो, बैंकको ब्याजदर पनि त्यति नै कम हुँदै जान्छ ।

गत वर्षको तुलनामा सबैभन्दा धेरै एभरेष्ट बैंकको ब्याजदर घटेको देखिन्छ । पुस मसान्तसम्म एभरेष्ट बैंकको आधार दर ३४दशमलव १६ प्रतिशत घटेर ५दशमलव ८४ प्रतिशत बिन्दुमा झरेको छ । गत वर्षको सोही अवधिमा बैंकको आधार दर ८दशमलव ८७ प्रतिशत थियो । यसैगरी, दोस्रोमा कृषि विकास बैंकको ३२दशमलव ७९ प्रतिशत घटेर ६दशमलव ६ प्रतिशत कायम भएको छ । तेस्रोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२ दशमलव १४ प्रतिशत घटेर ५दशमलव १३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३१ दशमलव ६३ प्रतिशत घटेर ५दशमलव६४ प्रतिशत बिन्दु, प्राइम बैंकको ३१दशमलव ४० प्रतिशत घटेर ७दशमलव१२ प्रतिशत, हिमालयन बैंकको ३१दशमलव ०६ प्रतिशत घटेर ७दशमलव ३ प्रतिशत बिन्दुमा आधार दर झरेको छ ।

images
images

यस्तै, कुमारी बैंकको ३०दशमलव५४ प्रतिशत घटेर ७दशमलव१४ प्रतिशत, एनएमबि बैंकको ३०एनएमबि ४५ प्रतिशत घटेर ६ दशमलव ९२ प्रतिशत भएको छ । यसैगरी नबिल बैंकको ३०दशमलव४३ प्रतिशत घटेर ६दशमलव३१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३०दशमलव ०७ प्रतिशत घटेर ६दशमलव ५८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २८दशमलव २२ प्रतिशत घटेर ७दशमलव१७ प्रतिशत बिन्दुमा आधार दर झरेको छ ।

नेपाल एसबीआई बैंकको २६दशमलव०८ प्रतिशत घटेर ७दशमलव१४ प्रतिशत, सिटिजन्स बैंकको २५दशमलव५८ प्रतिशत घटेर ७दशमलव ३ प्रतिशत, सिद्धार्थ बैंकको २५दशमलव३२ प्रतिशत घटेर ६दशमलव ९३ प्रतिशत, प्रभु बैंकको २२दशमलव ९२ प्रतिशत घटेर ७दशमलव २६ प्रतिशत, एनआईसी एशिया बैंकको २२दशमलव३१ प्रतिशतबाट घटेर ७दशमलव५२ प्रतिशत बिन्दुमा आधार दर झरेको देखिन्छ । नेपाल बैंकको २७ दशमलव ९५ प्रतिशतबाट घटेर ६दशमलव१६ प्रतिशत, ग्लोबल आइएमई बैंकको २७दशमलव६० प्रतिशत घटेर ६दशमलव९५ प्रतिशत, सानिमा बैंकको २६दशमलव९१ प्रतिशत घटेर ६दशमलव७९ प्रतिशत बिन्दुमा आधार दर कायम छ । माछापुच्छ्रे बैंकको २६दशमलव९९ प्रतिशत घटेर ७दशमलव१४ प्रतिशत बिन्दुमा आधार दर कायम छ ।

यसरी बैंकहरुको आधारदरमा गिरावट आउँदा एकातिर पुराना ऋणीलाई सहज हुन्छ भने, नयाँ कर्जा लिनेलाई समेत केही राहत हुने देखिएको छ । बैंकहरुको कर्जा प्रवाहमा पनि वृद्धि हुने आधार देखिन्छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्