Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैंकिङमा अधिक तरलता, ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङमा अधिक तरलता, ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तलरता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार केन्द्रीय बैंकले २१ दिनको लागि ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

गत साता आइतबार र मंगलबार दुई दिन निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले तरलता प्रशोचन गरेको थियो । गत मंगलबार ३० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा बैंकहरुले ११ अर्ब ४० करोडको लागि आवेदन दिएका थिए । उक्त उपकरणमा लगानी गर्न बैंकहरुले प्रस्ताव गरेको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो ।

आइतबार ४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा बैंकहरुले ३३ अर्ब १५ करोड मात्रै लगानी गरेका थिए । पछिल्लो केही महिना यता निक्षेपको तुलनामा कर्जाको वृद्धिदर उच्च भएको र सकारले बढाएको आन्तरीक ऋण परिचालनले अधिकत तरलताको चाप घट्दै गएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit