Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

त्रिविको अध्ययन प्रतिवेदनमाथि समितिले थाल्यो छलफल

त्रिविको अध्ययन प्रतिवेदनमाथि समितिले थाल्यो छलफल
विज्ञापन
Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल शुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६४औँ बैठकमा आज त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरुसँग छलफलमा गरिएको हो।

समितिका सभापति मायाप्रसाद शर्माले ऐनमा भएका कमीकमजोरी र सुधार गर्नुपर्ने पक्षको विषयमा छलफल गर्ने लक्ष्यले प्रतिवेदनमा छलफल गरिएको बताएका छन्।

सांसद युवराज शर्माले लिखित कानून नभएको देशमा कानूनी शासन भएको व्यङ्ग्य गर्दै ऐनमा त्रुटी भएको बताए । उनले भने, “ऐनमा त्रृटि छन्। आएका सुझावहरु गहकिला छन्। सुझावको आधारमा प्रतिवेदन तयार गर्नुपर्छ।” संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रतिवेदन बनाउनुको मुख्य कारण नै विगतमा भएको कमीकमजोरीलाई सुधार गर्नुरहेको बताए।

“ऐनमा कमीकमजोरीहरु देखिएका छन्। ती कमजोरीलाई सुधार गर्न पनि प्रतिवेदन बनाउन आवश्यक परेको हो”, उनले भने, “संविधानलाई समेत निष्क्रिय बनाउने गरी ऐनले केही अधिकार त्रिभुवन विश्वविद्यालयलाई दिएको छ। यो पनि गलत थियो। ऐनका कतिपय अष्पष्ट व्यवस्थालाई सुधार गर्न पनि प्रतिवेदन आवश्यक छ।”

विश्वविद्यालयलाई बोलाएर थप छलफल गरेर अगाडि बढ्न उनले सुझाव दिएका छन्। समितिका सचिव सञ्जय दाहालले समितिले ऐनमा भएका कमजोरीलाई सच्चाए संशोधनका लागि प्रस्ताव गर्न सकिने बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit