Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

चार दिने सूर्य नेपाल च्याम्पियनसिप मंगलबारदेखि, ४० गल्फरले प्रतिस्पर्धा गर्दै

चार दिने सूर्य नेपाल च्याम्पियनसिप मंगलबारदेखि, ४० गल्फरले प्रतिस्पर्धा गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको पाँचौं प्रतियोगिता ‘सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप’ भोलिदेखि गोकर्ण गल्फ क्लबमा आयोजना गरिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चार दिन सम्म चल्ने प्रतियोगितामा ७२ होलको प्रतिस्पर्धामा ३० प्रोफेसनल र १० एमेच्योर गरी कुल ४० गल्फरले दाबेदारी प्रस्तुत गर्नेछन्। नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी सँगै यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, रबि खड्का, दिनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र सञ्जय लामालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

प्रो गल्फरहरूलाई नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले कडा चुनौती दिने संभावना रहेको आयोजकको धारणा छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। शीर्ष २१ खेलाडीले बाँकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन्।

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्ने नेपाल प्रोफेसनल गल्फ एसोसिएसन (एनपिजिए) का महासचिव दिपक आचार्यले बताए।

नेपाल प्रोफेसनल गल्फ एसोसिएसन एनपिजिएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले भने, “खेलको स्तर निरन्तर सुधार भइरहेको छ र यस वर्ष एमेच्योर तथा प्रोफेसनल दुवै खेलाडीको प्रदर्शन रोमाञ्चक रहेको छ। यस्तो कडा प्रतिस्पर्धा खेलको विकासका लागि निकै महत्वपूर्ण हुनेछ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit