Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश, ३९ रूपैयाँमा खाता खेल्न सकिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश, ३९ रूपैयाँमा खाता खेल्न सकिने
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४०औं वर्षमा प्रवेश गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यस ३९औं वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले समस्त ग्राहक, संस्थापक, सेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालाहरूलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्त्वपूर्ण योगदान रहेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवाहरूलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको र डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरे।

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरू प्रदान गरिरहने जानकारी पाण्डेले दिए। बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरू प्रकाशनलाई निरन्तरता दिएको छ ।

यस ३९औं वार्षिकोत्सवमा पनि बैकले आफ्नो सातौं संस्करण ‘डिजिटल बैंकिङको जादु’ नामक चित्र पुस्तक सार्वजनिक गरेको छ। उक्त चित्रकथाको एउटा महत्त्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरूलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरूको प्रयोग गर्न प्रेरित गराउनु रहेको उल्लेख छ।

३९औं वार्षिकोत्सवमा बैंकले ग्राहकहरू माझ नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ योजना ल्याएको छ। जुन खाता ग्राहकले ३९ रूपैयाँ मौज्दातमै खोल्न सक्नेछन् भने यसमा ९ रूपैयाँमा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रूपैयाँमा भर्चुअल प्रिपेड कार्ड सुविधा, ३९ रूपैयाँमा डेबिट कार्ड सुविधा, ३९ रूपैयाँमा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९ प्रतिशत छुट पाउनेछन्।

बैंकले हाल २८३ शाखा, २६६ एटिएम, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit