Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

१० महिनामा वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब नाघ्यो, व्यापार घाटा १४.९२ प्रतिशत

१० महिनामा वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब नाघ्यो, व्यापार घाटा १४.९२ प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) मा नेपालको कुल वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिए पनि व्यापार घाटाको आकार भने चुलिँदै गएको छ ।

आयातमा १४.८२ प्रतिशतको वृद्धि
विभागका अनुसार वैशाख मसान्तसम्म नेपालले विभिन्न मुलुकबाट १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

निर्यातमा सुधार
आयातको तुलनामा आकार सानो भए पनि नेपालको निर्याततर्फ केही सुधार देखिएको छ । चालु आवको १० महिनामा नेपालले २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (२ खर्ब १७ अर्ब ९१ करोड) तुलनामा १४.२५ प्रतिशतले बढी हो ।

व्यापार घाटा १४ खर्ब ४३ अर्ब माथि
आयात र निर्यात दुवै बढे पनि आयातको हिस्सा अत्यधिक हुँदा नेपालको व्यापार घाटा झन् फराकिलो बन्दै गएको छ। समीक्षा अवधिमा नेपालको व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १४.९२ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा यस्तो घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ मात्र थियो ।

तथ्यांक अनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा मात्रै ८७.१७ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा निकै कमजोर छ । नेपालबाट १२.८२ प्रतिशत मालवस्तु निर्यात भएको छ। यसैगरी, आयात र निर्यातको अनुपात (रेसियो )६.७९ प्रतिशत रहेको विभागको तथ्याङ्कले देखाउँछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit