Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

तराईमा हुस्सु, दिउँसो देशभरको मौसम सफा रहने

तराईमा हुस्सु, दिउँसो देशभरको मौसम सफा रहने
विज्ञापन
Advertisement

काठमाडौँ । आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी तथा हिमाली भेगको मौसम मुख्यतया सफा रहेको छ भने तराईका धेरै ठाउँहरुमा हुस्सु र कुहिरो लागेको छ ।
मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै ठाउँहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही ठाउँहरुमा मध्यान्नसम्ममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराई भेगमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मंगलबार देखि भने गण्डकीदेखि पश्चिमका भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार भोलि गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ । भोलि अरु प्रदेशमा भने आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit