
काठमाडाैँ । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइ भक्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर, चितवन स्थित सिमटी रेसोटमा आउँदो २१ माघदेखि २३ माघ सम्म तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । यो मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्नु हुनेछ ।
साथै, ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धि बाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नु हुने छ।
यसका अलावा ग्राहकले हरेक टेस्टड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनु हुनेछ ।
‘अनस्पटफाइनान्सिंग’को व्यवस्थापन गरिएको छ । साथै, सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घरलान सक्नु हुनेछ ।
यी अफरहरु बाहेक एक्स चेन्जक्याम्पमा आएर फ्युचरि स्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्टड्राइभ गर्नु हुनेले ‘फुडस्टल’ को मज्जा लिन सक्नुहुनेछ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्डटेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्