images
images
images

ओम मेगाश्री फर्मास्यूटिकल्सले खुला गर्यो आईपीओ, वैदेशिक रोजगारीमा रहेका नेपालीले कति कित्ता पाउँछन् ?

images
images
images

काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्सले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा प्राथमिकता दिएर आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीको कूल पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने (१८ करोड रुपैयाँ) को १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको (१ लाख ८० हजार)  कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको उल्लेख गरेको छ ।

images
images

कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन पाउने व्यवस्था छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्