Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

पछि हट्यो सरकार, आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने

पछि हट्यो सरकार, आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने
विज्ञापन
Advertisement

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक चलिरहेको छ। संसद भवन, नयाँ बानेश्वरमा जारी बैठकमा सांसदले आ–आफ्नो धारणा राखिरहेका छन्। आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो। अध्यादेश हटाइएको र संशोधित कार्यसूची आएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोवार पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची तय गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिनेछ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रकृति श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९र८०’ पेश गर्ने कार्यसूची छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेश गर्नेछन्।

प्रतिनिधिसभामा प्रमुखप्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकलाई सम्बोधन गर्ने कार्यसूचीमा उल्लेख छ । सरकारकातर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पनि बैठकलाई सम्बोधन गर्ने जनाइएको छ। बिहीबार भ्रष्टाचार र सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन पनि सदनमा टेबुल गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit