Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

पोखरियाकाको विकासमा ५० करोड रुपैयाँको कार्यक्रम ल्याउने मन्त्री गुप्ताको प्रतिबद्धता

पोखरियाकाको विकासमा ५० करोड रुपैयाँको कार्यक्रम ल्याउने मन्त्री गुप्ताको प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालयको सेवा केन्द्र उद्घाटन गरेका छन् । उनले पोखरियाको विकासमा चीन सरकारले नेपालाई १४ अर्ब रुपैयाँको विकास कार्यक्रम दिन लागेको उल्लेख गर्दै त्यसबाट ५० करोडको कार्यक्रम पोखरियालाई दिने बताए ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले अवलम्बन गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पोखरिया नगरपालिकाका जनताले व्यवहारमै महसुश गर्न पाएको उल्लेख गरे ।
‘पोखरियाका जनताका लागि आज निकै खुसीको दिन हो । किनकी नगरपालिकाभित्रै मालपोत तथा नापी कार्यालयको सेवा केन्द्र सञ्चालनमा आएको छ,’ मन्त्री गुप्ताले भने, ‘यो कार्यालय सञ्चालनपछि पोखरियासहित पर्साका विभिन्न ६ वटा पालिकाका जनताले मालपोत र नापीसम्बन्धी काम लिएर वीरगञ्ज पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’
वीरगञ्ज पुग्नुपर्ने बाध्यताको अन्त्य भएसँगै अब पोखरियासहित ग्रामीण क्षेत्रमा विकासमा काँचुली फेरिने मन्त्री गुप्ताको विश्वास छ ।

उनले मालपोत र नापी कार्यालयको सेवा केन्द्र सञ्चालनसँगै अब ईलाका प्रशासन कार्यालयको सेवा केन्द्र पनि छिट्टै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूले चुनावको बेला गरेको प्रतिबद्धताहरु पूरा गर्न प्रयत्नशील रहँदै आएको बताए । यस्तै, उनले भारत सरकारको सहयोगमा ३५ करोड रुपैयाँको विकासको योजना सञ्चालन गरिएको उल्लेख गर्दै पोखरियासहित विभिन्न तीनवटा सडक निर्माणमा नेपाल सरकारको बजेट बिनियोजन गराउन आफू सफल भएको चर्चा गरे ।

केही दिनभित्र भारत सरकारको परियोजना जस्तै चीन सरकारले नेपालाई १४ अर्ब रुपैयाँको विकास कार्यक्रम दिन लागेको जानकारी दिँदै मन्त्री गुप्ताले त्यसमध्ये ५० करोड रुपैयाँ बराबरको कार्यक्रम पोखरियालाई प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री गुप्ताले विकासको काममा सबै राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने धारणा राखे । खासगरी नेपाली कांग्रेससँग सहकार्य गरी पोखरियाको विकासलाई तीव्रता दिन मन्त्री गुप्ताले पोखरिया नगरपालिकाका प्रमुखलाई आग्रह गरे । सबै मिलेर काम गर्दा विकासले गति लिने भनाइ उनको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit