Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अविरल घिमिरे बने ‘के वान वर्ल्ड म्याक्स’ च्याम्पियन

अविरल घिमिरे बने ‘के वान वर्ल्ड म्याक्स’ च्याम्पियन
विज्ञापन
Advertisement

काठमाडौँ । ‘हिमचितुवा’ उपनामले चिनिएका नेपाली किक बक्सर अविरल घिमिरेले किक बक्सिङ क्षेत्रमा एकपछि अर्को कीर्तिमान बनाउन सफल भएका छन् । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वारा जापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियममा आज आयोजित ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगितामा जापानका बक्सर यसुहितो सिरासुलाई उनले परास्त गरे ।

विज्ञापन
Advertisement
Advertisement

गत कात्तिक ११ मा इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एशोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा बक्सर घिमिरेले प्रतिद्वन्द्वी फ्रान्सका एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वर्ल्ड च्याम्पियन’ बनेका थिए। उक्त सफलतासँगै बक्सर घिमिरे के वान किक बक्सिङमा तीन खेल जित्दै, इस्का र हिट किक बक्सिङ प्रतियोगिताको विश्वविजेता खेलाडी बन्न सफल भएका छन् ।

म्याक्सको उपाधि चुमेपछि बक्सर घिमिरेले जितका लागि बुवा, मुख्य प्रशिक्षक देव घिमिरे, प्रशिक्षण लिइरहेको सिमुरा डोजोलगायत हौसला प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई धन्यवाद दिएका छन् । बक्सर घिमिरेले ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगितामा जित निकाल्ने क्रममा तेस्रो राउण्डमा प्रतिस्पर्धी सिरासुलाई पराजित गरेका हुन् ।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्डस्, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका चर्चित खेलाडी घिमिरेले पुनः अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् । उनले जापानको नागोया सहरमा आफ्नै बुवा देव घिमिरेको विशेष प्रशिक्षण तयारी गरेका थिए । उनको बुवा देव पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक करातेका खेलाडी हुन्। उनले प्रतियोगितामा भाग लिनुपूर्व थाइल्याण्डको टाइगर मुवाथाइ क्लबमा एक महिनाको विशेष प्रशिक्षण लिएका थिए ।

बक्सर घिमिरेका बुवा देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा करातेतर्फ सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी समेत हुन्। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बू निवासी उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्छन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit