Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

सनवे इन्टरनेशनल बिजनेस कलेजबाट २१४ जना विद्यार्थी दीक्षित, उत्कृष्ट १६ जनालाई अवार्ड

सनवे इन्टरनेशनल बिजनेस कलेजबाट २१४ जना विद्यार्थी दीक्षित, उत्कृष्ट १६ जनालाई अवार्ड
विज्ञापन
Advertisement

काठमाडौँ ।  सनवे इन्टरनेशनल बिजनेस स्कूलले दीक्षान्त समारोह सम्पन्न गरेको छ । इन्फ्रास्ट्रक्चर युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको सनवे कलेजका मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) र ब्याचलर अफ कम्प्यूटर साइन्स (बीसीएस) मा स्तानक तह उर्तिण गरेका २१४ जना विद्यार्थी यस वर्ष दीक्षित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मलेसियास्थित इन्फ्रास्ट्रक्चर युनिभर्सिटी क्वालालम्पुरबाट सम्बन्धन प्राप्त गरेको सनवे कलेजलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता दिएको छ । दीक्षित विद्यार्थीलाई सनवे कलेजका अध्यक्ष विज्ञान श्रेष्ठ, विशेष अतिथि डा. तुलिका मिश्र, सनवे कलेजका प्रिन्सिपल खुशल रेग्मी, प्रमुख अतिथि कान्तिपुर टेलिभिजनका सिओओ सुरजसिंह ठकुरीलगायतले बधाई ज्ञापन संगै डिग्री प्रदान गरेका हुन् ।

समारोहमा विभिन्न विधामा उत्कृष्ट १६ जना विद्यार्थीलाई अवार्डसहित विशेष सम्मान प्रदान गरिएको छ । मास्टरतर्फ बिजनेस एडमिनिस्ट्रेशनको सनवे उत्कृष्ट शैक्षिक प्रदर्शन अवार्डबाट विकास डुम्राकोटी, सनवे रिसर्च एक्सेलेन्स अवार्डबाट श्रीजन सुकमणी, सनवे फिनिक्स अवार्डबाट मनिषा शाक्य, सनवे उत्कृष्ट नेतृत्व पुरस्कार आयुष बहादुर श्रेष्ठ र सनवे स्पोर्ट्स फ्यानाटिक अवार्ड सलभ थापापाई प्रदान गरिएको छ ।  कम्प्युटर विज्ञान स्नातकतर्फ सनवे उत्कृष्ट शैक्षिक प्रदर्शन अवार्ड उदित कुमार महतो, सौगात पौडेल र अमृता शर्माले पाएका छन् ।

यसैगरी, सनवे क्रिएटिभ एक्सिलेन्स अवार्डबाट मनोज श्रेष्ठ, सनवे फिनिक्स अवार्डबाट विशाल रुम्बा, सनवे स्पोर्ट्स फ्यानाटिक अवार्ड रुष्ना श्रेष्ठले प्राप्त गर्न सफल भएका छन् । यो वर्ष सनवे इनर्जीजर अवार्ड सविन श्रेष्ठलाई दिइएको छ । सनवे लिडरसिप एक्सिलेन्स अवार्डबाट ६ जना सम्मानित भएका छन् । उदितकुमार महतो, भरतकुमार कपारी, विपिन नगरकोटी, मनोज श्रेष्ठ, केशव श्रेष्ठ र रुष्ण श्रेष्ठले सनवे लिडरसिप एक्सिलेन्स अवार्ड पाएका हुन् ।

कार्यक्रममा कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले दीक्षित विद्यार्थीलाई करियरमा आत्माअनुशासनको महत्वपूर्ण भूमिक हुने उल्लेख गर्दै आत्माअनुशासनको मूल्याङ्कन गरी कर्म गर्न प्रेरित गरे ।
दीक्षान्त समारोह आइतबार एक भब्य कार्यक्रम आयोजना गरी काठमाडौँमा समापन भएको हो ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit