Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सानिमा बैंकले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट १५ मिलियन अमेरिकी डलर व्यापार ऋण पायो

सानिमा बैंकले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट १५ मिलियन अमेरिकी डलर व्यापार ऋण पायो
विज्ञापन
Advertisement

काठमाडौं। सानिमा बैंकले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट १५ मिलियन अमेरिकी डलर व्यापार ऋण ल्याउने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त रकम सवा दुई खर्ब हुन आउँछ । बैंकले उक्त ऋणको लागि ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टसँग सम्झौता गरेको हो । सम्झौतामा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्राप्त ऋण जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा लगानी हुनेछ । उक्त साझेदारीले सानिमा बैंकको ‘ट्रेड फाइनान्स सर्भिस’ लाई महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

उक्त साझेदारीले नेपालको उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास छ । बैंकले उक्त सम्झौता जैविक इन्धनको निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित भएको उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit