Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

Hyundai IONIQ 5 N TA Spec ले ‘Attack Tsukuba 2025’ मा सबैभन्दा छिटो विद्युतीय कारको कीर्तिमान राख्यो

Hyundai IONIQ 5 N TA Spec ले ‘Attack Tsukuba 2025’ मा सबैभन्दा छिटो विद्युतीय कारको कीर्तिमान राख्यो
विज्ञापन
Advertisement

काठमाडाैँ । जापानमा आयोजित ‘Attack Tsukuba 2025’ मोटरस्पोर्ट प्रतियोगितामा Hyundai IONIQ 5 N TA Spec ले नयाँ इतिहास रच्दै सबैभन्दा छिटो विद्युतीय गाडीको कीर्तिमान कायम गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

फेब्रुअरी १५ मा जापानको इबाराकी प्रिफेक्चर स्थित प्रसिद्ध त्सुकुबा सर्किट मा सम्पन्न यो प्रतियोगिता अत्यन्तै चुनौतीपूर्ण मानिन्छ। छोटो तर जटिल घुम्तीहरूले भरिएको यो ट्र्याक चालकहरूको क्षमता र गाडीको प्रदर्शन जाँच्ने उत्कृष्ट स्थल मानिन्छ। Hyundai N ले यस प्रतियोगितामाIONIQ 5 N TA Spec  गाडी प्रस्तुत गरेको थियो, जसलाई चर्चित जापानी चालक नोबुतेरु तानिगुचीले दौडाएका थिए।

गाडीको अद्वितीय प्रदर्शन
तानिगुची भन्छन्,  ‘म यस कार चलाउन पाउँदा गर्व महसुस गरेको छु। यसले मेरो अघिल्लो विद्युतीय गाडीको कीर्तिमान तोड्न सफल बनायो। यसका ब्रेकहरू धेरै प्रभावकारी छन्, मोडहरू सहजै पार गर्न सकिन्छ, र यसको नियन्त्रण उत्कृष्ट छ। म यसलाई सम्पूर्ण क्षमतासम्म धकेल्न सक्ने आत्मविश्वास महशुस गरें।’ यो विशेष संस्करणको गाडी यसअघि पनि २०२४ पाइकस पीक अन्तर्राष्ट्रिय हिल क्लाइम्ब प्रतियोगितामा विजेता बनेर नयाँ कीर्तिमान राखिसकेको थियो।

IONIQ 5 N TA Spec को प्रविधि र विशेषता
यस गाडीको पावर प्रणालीमा खासै परिवर्तन नगरिएको भए पनि सफ्टवेयर परिमार्जन गरेर यसको अधिकतम शक्ति ६८७ पीएस पुर्याइएको छ, जसमा पछाडिको मोटरमा थप ३७ पीएस शक्ति प्रदान गरिएको छ।  जसमा बिशेषताहरूमा  १२५ डेसिबलसम्म ध्वनि निकाल्ने परिमार्जित ध्वनि प्रणाली, मोटरस्पोर्ट स्तरको ब्रेक प्रणाली, १८ इन्चका उच्च -गुणस्तरयुक्त टायरहरू
हावालाई व्यवस्थित गर्ने उन्नत प्रविधियुक्त डिजाइन, विशेष रेसिङ सिट र सुरक्षा बेल्ट,आधुनिक अग्नि नियन्त्रण प्रणाली रहेकाे छ ।

IONIQ 5 N TA Spec ले ५७.४४६ सेकेन्ड मा ट्र्याक पार गर्दै अहिलेसम्मकै सबैभन्दा छिटो विद्युतीय गाडी बन्न सफल भएको छ। यो प्रतिस्पर्धी विद्युतीय गाडी भन्दा झण्डै २ सेकेन्ड छिटो रहेको थियो। Hyundaiका एन व्यवस्थापन समूह प्रमुख जुन पार्क भन्छन्, ‘आजको कीर्तिमानले हाम्रो प्रविधि र उच्च प्रदर्शन क्षमतालाई प्रमाणित गर्छ। उत्पादनमा आएका अधिकांश भागहरू नै प्रयोग गरेर नयाँ रेकर्ड राख्नु हाम्रो लागि ठूलो उपलब्धि हो।’
भविष्यका योजना
Hyundai Mobility Japan ले हालै मात्र IONIQ 5 N DK Edition नामक विशेष संस्करण प्रस्तुत गरेको छ। यो संस्करण जापानी रेसिङ खेलका दिग्गज केइची त्सुचिया (जसलाई ‘ड्रिफ्ट किङ’ भनेर चिनिन्छ) को सहकार्यमा विकास गरिएको हो। Hyundai ले अब यसका उच्च- प्रदर्शन DK Edition N Performance Par बजारमा ल्याउने तयारी गरिरहेको छ, जसले ग्राहकहरूलाई अझ उत्कृष्ट ट्र्याक अनुभव दिने कम्पनीले जनाएकाे छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit