Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सर्वधर्म साधनाका प्रणेता रामकृष्ण परमहंसको प्राकट्य दिवस नेपालमा पनि मनाइयो

सर्वधर्म साधनाका प्रणेता रामकृष्ण परमहंसको प्राकट्य दिवस नेपालमा पनि मनाइयो
विज्ञापन
Advertisement

काठमाडौं ।  आफ्नो मुक्ति र जगतको हितका लागि आध्यात्मिक साधनाको शिक्षा प्रदाता सन्त रामकृष्ण परमहंसको प्राकट्य दिवस विभिन्न कार्यक्रमको आयोजना गरी नेपालमा पनि मनाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सन् १८३६ फागुन शुक्ल द्वितीयाका दिन भारतको पश्चिम बङ्गालस्थित कामारपुकर भन्ने गाउँमा रामकृष्ण परमहंसको जन्म भएको थियो । सबै धर्मका साधनाबाट आध्यात्मिक लाभको अनुभूति गरेका रामकृष्णको सिद्धान्त नै सर्वधर्म संवाद भएको रामकृष्ण आश्रम, नेपालका अध्यक्ष स्वामी एकार्थनन्दले बताए ।

रामकृष्ण परमहंसको प्राकट्य दिवसका अवसरमा रामकृष्ण आश्रम, नेपालले ज्ञानेश्वरस्थित आश्रममा पूजा, पाठ, हवन, प्रवचन, भण्डारा एवं प्रसाद वितरण गरेको छ । कार्यक्रममा प्रवचन दिँदै स्वामी एकार्थनन्दले आनन्द अनुभूतिका लागि आध्यात्मिक साधनाको आवश्यकतामा जोड दिएका छन् । रामकृष्ण परमहंसका १६ सन्यासी शिष्यमध्ये स्वामी विवेकानन्द एक हुन् । रामकृष्ण परमहंसको पहिलो गुरू भैरवी ब्राह्मणी थिए । त्यसपछि प्रत्येक धर्म र सम्प्रदायका गुरूबाट साधना गरी परमहंसले सबैको अनुभव हासिल गरेका थिए।

उनले तन्त्र, वेदान्त, वैष्णवमार्गलगायत सनातन हिन्दू धर्मका सबै सम्प्रदायका साथै इस्लाम र क्रिश्चियनलगायत धर्मका साधना समेत गरेको स्वामी एकार्थनन्दले बताए । उनले भने, ‘सबै बाटोबाट भगवानमा पुगिन्छ’ । ‘जति मत, त्यति पथ’ भन्ने जस्ता भावनाबाट रामकृष्ण परमहंस प्रेरित हुनुहुन्थ्यो । ‘शिव ज्ञानले जीव सेवा’ भन्दै उहाँ मानव सेवामा जुट्ने गर्नुहुन्थ्यो ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit