Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

अघि बढ्यो नयाँ गभर्नर चुन्ने प्रकृया, सिफारिस समिति बनाउन अर्थमन्त्री पौडेल संयोजक

अघि बढ्यो नयाँ गभर्नर चुन्ने प्रकृया, सिफारिस समिति बनाउन अर्थमन्त्री पौडेल संयोजक
विज्ञापन
Advertisement

काठमाडौं ।  नयाँ गभर्नर चुन्नका लागि सरकारले सिफारिस गर्न समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति व्यवस्था गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोही व्यवस्था अनुसार प्रक्रिया सुरु गर्दै बुधबबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो । समिति अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको हो ।अर्थमन्त्री पौडेलको अध्यक्षतामा रहने सिफारिस समितिले अब ३ जनाको नाम सिफारिस गर्नेछ । कानूनी व्यवस्था अनुसार पूर्वगभर्नरहरूमध्येबाट एक, आर्थिक, मौद्रिक,बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति सदस्य रहनेछन् । यस्तै, डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने व्यवस्था छ ।

नयाँ गभर्नरको लागि हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्रलगायतका व्यक्तिले लबिङ सुरु गरिरहँदा दुई जनामध्ये एउटाको नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित जस्तै छ ।

समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरुमध्येबाट तीनजनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्ने प्रावधान छ ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने, आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । यस्तै, १० वर्षको कार्य अनुभवको योग्यता आवश्यक पर्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit