Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लूआर १५५आर नेपाली बजारमा

अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लूआर १५५आर नेपाली बजारमा
विज्ञापन
Advertisement

काठमाडौं ।  यामाहा नेपालले अनरोड र अफरोड एड्भेन्चरका लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लूआर १५५आर सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार धुलिखेलको डर्ट टेम्पलमा आयोजित लन्च कार्यक्रममा एड्भेन्चरका उत्साहीहरुलाई विशेष डर्ट ट्र्याक अनुभव दिलाएको थियो ।  यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले डब्लूआर १५५आरका ग्राहकहरूलाई एकमुस्ट साँचो हस्तान्तरण गरे ।

राइडरहरूको अनुभवलाई परिस्कृत गराउन यामाहाले सबै सहभागीहरूलाई आवश्यक अफरोड सवारी प्रविधिहरूसँग सम्बन्धित डर्ट राइडिङ तालिम समेत प्रदान गरेको छ । तालिमपछि राइडरहरूले ओपन डर्ट ट्र्याकमा डब्लूआर १५५आरको क्षमताको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कन्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसरसमेत पाएका थिए ।

यस्ता छन् सार्वजनिक यामाहा डब्लूआर १५५आरमा भएका विशेषता : 

डब्लूआर १५५आर यामाहाको डुअल(पर्पोज सेगमेन्टमा नवीनतम अफर हो, जुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफरोड सवारीको रोमाञ्च खोज्नेहरूका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । यसमा शक्तिशाली १५५सीसी लिक्विड(कुल्ड रहेको छ भने यामाहाको उन्नत प्रविधिबाट तयार भएको भीभीए इन्जिन यसमा जडान भएकाले सबै भूभागहरूमा उत्कृष्ट पावर डेलिभरी सुनिश्चित गर्ने दाबी कम्पनीको छ ।

यस बाइकमा हल्का तौल र टिकाउ फ्रेम रहेकाले अफरोड ट्रेलहरूमा उत्कृष्ट गतिशीलता र सहनशीलताको अनुभव गर्न पाइनेछ । यो बाइकमा उच्चकोटीको स्थिरता र नियन्त्रणका लागि टेलिस्कोपिक फ्रन्ट फोर्क र लिङ्कटाइप रियर सस्पेन्सन छ ।

यस्तै, २४५ मिमि उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो २१ इन्च फ्रन्ट ह्वील रहेको बाइकमा अवरोधहरू सजिलैसँग सामना गर्न सक्ने उच्च स्तरको क्षमता रहेको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै, उत्कृष्ट ब्रेकिङ प्रणाली रहेकाले अगाडि र पछाडिको डिस्क ब्रेकले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि अधिकतम रोक्ने शक्ति सुनिश्चित गर्दछ ।

कम्पनीका अनुसार डब्लूआर १५५आर केवल एक मोटरसाइकल मात्र नभएर नयाँ भूभागहरू जित्ने र पहिले कहिल्यै नभएको स्वतन्त्रताको अनुभव गर्ने निमन्त्रणा पनि हो । डब्लूआर १५५आर अब नेपालका यामाहा शोरूमहरूमा उपलब्ध रहेको र यो बियोन्ड हिमालय जान साहस गर्नेहरूका लागि तयार रहेको कम्पनीको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit