Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भिभोको विश्वकप लक्षित अफरमा स्मार्टफोन किन्दा ५५ इन्चको स्मार्ट टिभी जित्ने अवसर

भिभोको विश्वकप लक्षित अफरमा स्मार्टफोन किन्दा ५५ इन्चको स्मार्ट टिभी जित्ने अवसर
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ ‘भिभो समर सरप्राईज’ क्याम्पेन सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बढ्दो गर्मी र आगामी फुटबल विश्वकपको रौनकलाई थप उत्साहजनक बनाउन जेठ २५ गतेदेखि सुरु भएको यो योजना आगामी असार २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

यस अभियानअन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोनको खरिदमा तत्कालै आकर्षक उपहारहरू पाउनुका साथै मेगा लक्की ड्र मार्फत बम्पर पुरस्कारहरू जित्ने विशेष अवसर प्राप्त गर्नेछन्।

अभियान अवधिभर नेपालभरका आधिकारिक रिटेल आउटलेटहरूबाट भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकहरू स्वतः मेगा लक्की ड्रमा सहभागी हुन पाउनेछन्। यस पटकको ग्राण्ड प्राइज (बम्पर उपहार) मा ५५ इन्चको स्मार्ट टिभी जित्ने अवसर कम्पनीले दिएको छ। जसले आगामी फुटबल विश्वकप हेर्ने खेलप्रेमी ग्राहकहरूको अनुभवलाई अझ रोमाञ्चक बनाउने कम्पनीको विस्वास छ।

यस्तै, भिभोको अत्याधुनिक विशेषतायुक्त भिभो भी७० एफई स्मार्टफोन र उत्कृष्ट कार्यक्षमता भएको लोकप्रिय भिभो वाई३१ डी स्मार्टफोन जित्ने अवसर ग्राहकले पाउनेछन् ।

अभियानका बारेमा प्रष्ट पार्दै भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने रूपमा आफ्ना ग्राहकहरूलाई विशेष र अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘भिभो समर सरप्राईज अभियान मार्फत हामी ग्राहकहरूलाई आकर्षक उपहार तथा विशेष पुरस्कार जित्ने अवसर दिँदै उनीहरूको स्मार्टफोन अनुभवलाई अझ उत्साहजनक बनाउन चाहन्छौं।’

कम्पनीका अनुसार ग्राहकहरूले आफ्नो नजिकैको आधिकारिक भिभो रिटेल आउटलेटमा गई नयाँ स्मार्टफोन खरिद गरेर यो आकर्षक अवसरको लाभ उठाउन सक्नेछन्। लामो समयदेखि नवीनतम डिजाइन, उन्नत क्यामेरा प्रविधि र भरपर्दो स्मार्टफोन अनुभवका कारण नेपाली उपभोक्ताहरूको विश्वास जित्दै आएको भिभोले यस समर क्याम्पेनमार्फत ग्राहकहरूमा थप उत्साह र भ्यालु थप गर्ने लक्ष्य राखेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit