Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कर समायोजनपछि ‘सुजुकी ई–भिटारा’को मूल्य घट्यो, अब कुन भेरियन्टको कति ?

कर समायोजनपछि ‘सुजुकी ई–भिटारा’को मूल्य घट्यो, अब कुन भेरियन्टको कति ?
विज्ञापन
Advertisement

काठमाडौं। सुजुकी अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले बिद्युतीय गाडी ‘सुजुकी ई–भिटारा’ को मूल्य घटाएको छ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले बजेटमार्फत ब्याट्री इलेक्ट्रिक सवारी साधन (BEV) को भन्सार महसुल तथा कर दरमा गरेको परिवर्तनको लाभ ग्राहकलाई दिँदै कम्पनीले ई–भिटाराका चारै भेरियन्टमा एक लाख रुपैयाँ मूल्य कटौती गरेको हो। यो मूल्य नयाँ बुकिङ तथा बाँकी रहेका अर्डरहरूमा तत्कालै लागू हुने कम्पनीले जनाएको छ।

नयाँ बजेटपश्चात निर्धारण गरिएको परिचयात्मक मूल्य पहिलो १०० बुकिङका लागि मात्र सीमित अवधिको लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

जापानी प्रविधिमा निर्मित सुजुकी ई-भिटारा विशेष ‘HEARTECT-e’ प्ल्याटफर्ममा तयार पारिएको छ। यसमा Level 2 ADAS, 5-Star BNCAP सुरक्षा र सबै भेरियन्टमा V2L (Vehicle-to-Load) क्षमता रहेको छ। हाल नेपालभर सुजुकीका २५ वटा बिक्री केन्द्र र ४० वटा सेवा केन्द्र सञ्चालनमा छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit