Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

१२ वर्षपछि भारत बन्यो च्याम्पियन्स

१२ वर्षपछि भारत बन्यो च्याम्पियन्स
विज्ञापन
Advertisement

भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफीको उपाधि आफ्नो पोल्टामा पार्न सफल भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफीको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको फाइनल खेलमा भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।

विज्ञापन
Advertisement
Advertisement

 

२ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमै जित हात पार्‍यो। कप्तान रोहित शर्माको नेतृत्वमा यो ९ महिनाभित्र दोस्रो आइसिसी उपाधि हो। यसअघि, उनले गत जुन २९ मा टी२० विश्वकप जिताएका थिए।

रोहितले कप्तानी पारी खेल्दै ७६ रनको योगदान दिए। रन चेजमा श्रेयस ऐयरले ४८, केएल राहुलले अविजित ३४ र अक्षर पटेलले २९ रन बनाएर टिमलाई जिततर्फ डोर्‍याए।

बलिङतर्फ कुलदीप यादव चम्किए। उनले दुई ओभरभित्रै लगातार दुई विकेट लिँदै खेल भारततर्फ फर्काइदिए। उनले रचिन रविन्द्र र केन विलियमसनलाई पेभेलियन पठाएका थिए। न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit