काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गरी वित्तीय प्रणालीलाई अझ स्थिर बनाउने हेतु सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ ।
उक्त सम्झौताले एंटी मनी लाउन्डरिंग (एएमएल) प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।
यसले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा गा्रहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउनेछ ।
सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा अवैध सम्पत्ति शुद्धिकरण न्युनिकरण (एमएल) प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको जनाएको छ । साथै, उक्त सम्झौताले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया दिनुहोस्