Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चीनको निर्यातमा १२.४ प्रतिशतले वृद्धि

चीनको निर्यातमा १२.४ प्रतिशतले वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । चीनले गत महिनासम्मको १२ महिनाको निर्यातमा १२.४ प्रतिशतले वृद्धि भएको जनाएको छ । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको चर्को ट्यारिफका बावजुद बढ्दो व्यापार माहोललाई वृद्धि गर्न सफल भएको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो आँकडा ब्लुमबर्गको सर्वेक्षणमा अनुमान गरिएको ४.६ प्रतिशतको तुलनामा झण्डै तेब्बर बढी हो । बेइजिङको सामान्य भन्सार प्रशासनका अनुसार सोही अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ ।

चीनका शीर्ष नेताहरूले गत महिना पाँच प्रतिशतको हाराहारीमा वार्षिक आर्थिक वृद्धिको महत्त्वाकाङ्क्षी लक्ष्य राखेका थिए र आन्तरिक मागलाई वृद्धि गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले सुस्त उपभोग र सम्पत्ति क्षेत्रमा लामो समयसम्म ऋण सङ्कटको सामना गरिरहेको छ । पछिल्लो समय अमेरिका र चीनको बीचमा व्यापार युद्ध बढ्दै गएको छ । ट्रम्पले चीनमाथिको भन्सार शुल्क १४५ प्रतिशत पुर्‍याएका छन्। चीनमा १४५ प्रतिशत कर लगाउनुको अर्थ चीनमा बनेको १०० डलरको उत्पादन अब अमेरिका पुग्दा २४५ डलर पर्नेछ। अमेरिकामा चिनियाँ सामान महँगो हुँदै गएकाले यसको बिक्री घट्नेछ। चीनले पनि अमेरिकामाथि ८४ प्रतिशतको प्रतिशोधात्मक कर लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्धका कारण चीनको अर्थतन्त्रमा असर पर्नेछ भने अर्थतन्त्रमा नयाँ चुनौतीको सामना गरिरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit