Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

रोनाल्डोले दिए सन्यासको संकेत, भने– ‘सम्भवतः यो मेरो फुटबलको अन्तिम वर्ष हो’

रोनाल्डोले दिए सन्यासको संकेत, भने– ‘सम्भवतः यो मेरो फुटबलको अन्तिम वर्ष हो’
विज्ञापन
Advertisement

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् । उनले फुटबलपछि गर्ने कामका बारेमा समेत योजना बनाइसकेको बताएका छन् । ‘सम्भवतः यो मेरो फुटबलको अन्तिम वर्ष हो र म उत्कृष्ट विरासत छाड्न चाहन्छु। मैले आफ्नो भविष्यका लागि सबै योजना बनाइसकेको छु,’ रोनाल्डोले भनेका छन् ।

२५ वर्षभन्दा लामो फुटबल करियरमा निरन्तरको मेहनत र त्यागपछि फुटबलबाट बाहिरिँदा ठूलो खालीपन महसुस हुन सक्ने भन्दै उनले त्यसलाई अन्य गतिविधिमार्फत पूरा गर्ने योजना रहेको बताए ।‘फुटबलले ठूलो खालीपन छाड्न सक्छ । त्यसैले समयलाई एउटै काममा होइन, विभिन्न तरिकाले व्यस्त राख्नुपर्छ,’ उनले भने । उनले भविष्यमा धेरै यात्रा गर्ने, प्याडेल खेल्ने तथा हेर्ने र आफ्नो करियरबाट प्राप्त उपलब्धिको आनन्द लिने बताए ।

३९ वर्षका रोनाल्डोले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । त्यसयता उनी विश्व फुटबलका सबैभन्दा सफल र चर्चित खेलाडीमध्ये एक बनेका छन् । उनको अन्तिम विश्वकप यात्रा भने सन् २०२६ मा टुंगिएको छ । स्पेनसँगको अन्तिम १६ को खेलमा पोर्चुगल १–० ले पराजित भएपछि रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको हो । स्पेनका मिकेल मेरिनोले खेलको अन्तिमतिर गरेको गोल निर्णायक बनेको थियो ।

रोनाल्डोले यसअघि नै २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने संकेत गरेका थिए । विश्वकपमा उनको व्यक्तिगत उपलब्धि भने उल्लेखनीय रह्यो । पोर्चुगलले उनको पहिलो विश्वकप सन् २००६ मा चौथो स्थान हासिल गरेको थियो । त्यसपछि २०१० र २०१८ मा अन्तिम १६, २०१४ मा समूह चरण तथा २०२२ मा क्वार्टरफाइनलसम्म पुगेको थियो । सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिँदा रोनाल्डोका लामो समयका प्रतिस्पर्धी लियोनल मेसीले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । त्यसपछि फुटबलका दुई महान् खेलाडी रोनाल्डो र मेसीबीचको ‘ग्रेटेस्ट अफ अल टाइम’ (गोट) बहसले नयाँ मोड लिएको थियो ।

२५ वर्षभन्दा लामो करियरमा रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र हाल साउदी अरेबियाको अल नासरबाट व्यावसायिक फुटबल खेलेका छन् । उनले क्लब तथा देशका लागि थुप्रै व्यक्तिगत तथा सामूहिक उपाधि जित्दै विश्व फुटबलमा आफ्नो छुट्टै विरासत बनाएका छन् । एएनआई

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit