Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेकपा एसको आन्दोलनका कार्यक्रम सार्वजनिक, भारतद्वारा मिचिएको भूमि फिर्ता गर्न माग

नेकपा एसको आन्दोलनका कार्यक्रम सार्वजनिक, भारतद्वारा मिचिएको भूमि फिर्ता गर्न माग
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।  आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आन्दोलनद्वारा राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्नका लागि खबरदारी गर्ने गरी थालिएको पार्टीका महासचिव घनश्याम भुसालले बताए। उनले भने, ‘यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो ।’

उनले चैत २–६ सम्म मातहत कमिटीमा छलफल गर्ने‚ चैत ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–संगठन तथा व्यक्तिसँग संवाद तथा सुझाव संकलन गर्ने जानकारी दिए।

यस्तै, चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गर्ने कार्यक्रम रहेको भुसालले बताए।

नेकपा एसले वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने जनाएको छ । यस्तै, वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र पेश गर्ने तथा वैशाख २५ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेको छ। यो अभियान बेरोजगारी र कुशासनविरुद्ध क्रान्तिकारी पहलकदमी भएको भुसालको भनाइ छ ।

राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूबीच सहकार्य र एकताको अभियान सुरु भएको भुसालले बताए । पार्टीका माग सुनाउँदै भुसालले भने, ‘बेरोजगारी र कुशासनविरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बीच सहकार्य र एकताको अभियान हो ।’

यस्तै, ननेकपा एसले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने आरोप लगाएको छ। सत्ता गठबन्धनले नालायकीपन देखाएको भन्दै यसबारेमा जनतालाई सुचित गर्न जरुरी भइसकेको ठहर एसको छ ।

एसले भारतसँगको सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ समेत खारेज गर्न माग गरेको छ ।

‘हाम्रो भूराजनीति र अहिलेको विश्व राजनीतिका अन्तरविरोधहरूले गर्दा विदेश नीतिमा हामीले विशेष ध्यान दिनुपर्छ । एकातिर सन् १९५० लगायत असमान सन्धि–सम्झौताहरू खारेज गर्नुपर्नेछ, कालापानी–लिपुलेकसमेत मिचिएको भूमि फिर्ता गरेर देशको सिमानाको रक्षा गर्दै आजको शीतयुद्धउन्मुख अन्तर्राष्ट्रिय परिस्थितिमा हाम्रो स्वाधिनता, स्वतन्त्रता तथा सार्वभौमिकताको रक्षा गर्नुपर्नेछ,’ एसले जारी गरेको माग पत्रमा उल्लेख छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit