Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रास्वपाको बाचापत्रमा टेकेर करिब २२ खर्बको बजेट ल्याउँदै बालेन सरकार

रास्वपाको बाचापत्रमा टेकेर करिब २२ खर्बको बजेट ल्याउँदै बालेन सरकार
विज्ञापन
Advertisement

 काठमाडाैं ।सरकारले आगामी आर्थिक वर्ष २०८३|०८४ को बजेट संघीय संसदको दुवै सदनमा आज प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज ४ बजे आफ्नो पहिलो बजेट प्रस्तुत गर्न लागेका हुन् । बजेटका सम्पूर्ण तयारी पूरा भई आज दिउँसो मन्त्रीपरिषद् बैठक बसेर बजेट पारित गर्ने तयारी रहेको छ । अर्थमन्त्री वाग्लले यो पटक ठुलो आकारको बजेट ल्याउन लागेका छन् ।
खुला र उदार अर्थतन्त्रको वकालत गर्ने वाग्लेले विभिन्न कर प्रणालीमा ब्यापक फेरबदल ल्याउने तयारीमा रहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अन्तशूल्क, मूल्य अभिवृद्धि जस्ता करमा ब्यापक फेरबदल ल्याउने तयारी रहेको छ । त्यस्तै उनले कर्मचारीको तलब बढाउने छन् भने सामाजिक सुरक्षा भत्ता बढ्ने सम्भावना न्युन रहेको मन्त्रालय स्रोतका दाबी छ । आगामी आर्थिक वर्षको बजेटको मुख्य बुँदा र कार्यान्वयन भने सरकारले सार्वजनिक गरेको एक सयबुँदे कार्यसूची र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बाचापत्रमा टेकेर बजेट विनियोजनहुने र त्यसलाई कार्यान्वयनमा लैजाने तयारी रहेको छ ।

त्यस्तै प्रधानमन्त्री बालेन शाहले चुनावको समयमा विभिन्न प्रदेशहरुमा पर्यटनको सम्भवना र उजागरलाई केन्द्रित गरेर पनि बजेट ल्याउने तयारी भइरहेको अर्थमन्त्रालयको दाबी रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit