Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

आणविक सम्झौता गर्न अमेरिकाले गरेको वार्ता प्रस्तावमा इरानले तत्काल जवाफ नदिने

आणविक सम्झौता गर्न अमेरिकाले गरेको वार्ता प्रस्तावमा इरानले तत्काल जवाफ नदिने
विज्ञापन
Advertisement

काठमाडौं ।  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता गर्न आह्वान गरेको पत्रको जवाफ आफूहरुले औपचारिक समीक्षापछि मात्र दिने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आफूहरुले पाएको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पको सार्वजनिक अभिव्यक्तिसँग मेल खाएको इरानले सोमबार बताएको छ ।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने ‘पत्रको विषयवस्तुमा ट्रम्पको सार्वजनिक वक्तव्यबाट धेरै टाढा छैन र उही कुराकानीका बुँदाहरू दोहोरिएको छ। पत्रमाथिको औपचारिक समीक्षापछि उपयुक्त च्यानलमार्फत हाम्रो प्रतिक्रिया उपलब्ध गराइनेछ ।’

ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सम्बोधन गरेको उक्त पत्र संयुक्त अरब इमिरेट्स (युएई) का वरिष्ठ कूटनीतिज्ञ अनवर गार्गाशले गत बुधबार तेहरानलाई हस्तान्तरण गरेका थिए ।

सोही दिन खामेनीले इरानले अहिले कै अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न सम्भव नभएको प्रतिक्रिया दिएका थिए । बाकाईले भने, ‘प्रस्तावित वार्ताले ‘प्रतिबन्धहरू हटाउने छैन’ तर यसको सट्टा ‘प्रतिबन्धहरूको गाँठो कसिलो बनाउने छ ।’

जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केका ट्रम्पले इरानविरुद्धको प्रतिबन्धको ‘अधिकतम दबाब’ को नीतिलाई कसिलो पारेका छन् ।

अमेरिका इरानलाई आणविक बम बनाउन तथा प्राप्त गर्नबाट रोक्न चाहान्छ । तर, इरानले आफुले आणविक वम निर्माणको कार्यक्रमलाई कुनै महत्त्व नदिएको भन्दै अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit