Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

अब व्हाट्सएपमा नम्बर दिनै पर्दैन, आउँदैछ नयाँ ‘युजरनेम’ फिचर

अब व्हाट्सएपमा नम्बर दिनै पर्दैन, आउँदैछ नयाँ ‘युजरनेम’ फिचर
विज्ञापन
Advertisement

काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले फोन नम्बर सार्वजनिक नगरी कुराकानी गर्न सकिने ‘युजरनेम’ सुविधा ल्याउने तयारी गरेको छ। कम्पनीले यसको अग्रिम युजरनेम रिजर्भेसन प्रक्रिया सुरु गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार नयाँ सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ। हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्नेछन् भने सुविधा पूर्ण रूपमा लागू भएपछि त्यसैमार्फत सम्पर्क गर्न सकिनेछ।

व्हाट्सएपले आफ्नो आधिकारिक ब्लगमार्फत यो अपडेट प्रयोगकर्ताको गोपनीयता अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको जनाएको छ। विशेषगरी अपरिचित व्यक्तिसँगको संवाद, ठूला समूह च्याट तथा व्यवसायसँगको सम्पर्कमा अब फोन नम्बर देखाउनुपर्ने बाध्यता हट्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार नयाँ प्रणालीमा कसैलाई सम्पर्क गर्न फोन नम्बरको सट्टा युजरनेम प्रयोग गर्न सकिनेछ। साथै, सुरक्षाका लागि ‘युजरनेम कि’ नामक अतिरिक्त प्रमाणीकरण प्रणाली पनि समावेश गरिनेछ, जसले अनधिकृत सम्पर्कको जोखिम कम गर्ने अपेक्षा गरिएको छ।

युजरनेम प्रणालीमा सार्वजनिक डाइरेक्टरी वा सर्च सुझाव नहुने भएकाले अनावश्यक सन्देश आउने सम्भावना पनि कम हुने कम्पनीको दाबी छ। प्रयोगकर्ताले ३५ अक्षरसम्मको युजरनेम राख्न सक्नेछन्, जसमा अक्षर, अंक, डट (.) र अन्डरस्कोर (_) प्रयोग गर्न सकिनेछ। आवश्यक परे युजरनेम परिवर्तन वा हटाउन पनि सकिने व्यवस्था हुनेछ।

त्यस्तै, व्यवसाय तथा क्रिएटरहरूले इन्स्टाग्राम र फेसबुकमा प्रयोग गरिरहेको युजरनेमसँग मिल्ने युजरनेम व्हाट्सएपमा पनि सुरक्षित गर्न सक्ने सुविधा पाउनेछन्। कम्पनीले यो सुविधा चरणबद्ध रूपमा विस्तार गरिने र उपलब्ध भएपछि प्रयोगकर्तालाई इन–एप सूचनामार्फत जानकारी गराइने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit