Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

भूकम्पले थलिएको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत वितरण प्रभावित

भूकम्पले थलिएको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत वितरण प्रभावित
विज्ञापन
Advertisement

काठमाडौं । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत साता दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पु¥याएपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको भए पनि दीर्घकालीन प्रतिबन्ध संरचनाका कारण राहत प्रयास पर्याप्त रूपमा अघि बढ्न नसकेको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार लामो समयदेखि लागू अमेरिकी प्रतिबन्धले कोष, उपकरण र मानवीय सहायता सामग्रीमा पहुँचमा संरचनागत अवरोध सिर्जना गरेको छ । यसले उद्धार तथा पुनर्निर्माण कार्यलाई थप कठिन बनाएको आरोप छ ।

एक प्रभावित नागरिक अल्बर्टो पेरेजले भने, ‘यहाँ अझ धेरै सहयोग आवश्यक छ, अझ धेरै सहयोग, यद्यपि भेनेजुएलाका मानिसहरू आफैं पनि दैनिक योगदान गरिरहेका छन् ।’

राजनीतिक विश्लेषक डिएगो सेकेराका अनुसार अमेरिकी प्रशासनका कानुनी तथा प्रशासनिक कदमहरूले नै प्रतिबन्धले राहत प्रवाहमा प्रत्यक्ष अवरोध पु¥याएको स्पष्ट देखिन्छ । संयुक्त राष्ट्रसंघका अनुमानअनुसार उक्त विपदबाट करिब ७० लाख मानिस प्रभावित भएका छन् भने करिब ६।७ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत हो ।

गत जुन २४ मा उत्तर भेनेजुएलामा लगातार दुई वटा ७।० भन्दा माथि म्याग्निच्युडका शक्तिशाली भूकम्प गएको थियो । ती भूकम्पपछि मृत्यु संख्या बढेर १,९४३ पुगेको छ भने १०,००० भन्दा बढी घाइते भएको भेनेजुएला राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले जानकारी दिएका छन् ।

सरकारले संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूसँग मिलेर प्रभावित समुदायमा राहत पु¥याउने प्रयास गरिरहेको जनाएको छ । सीसीटीभी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit