Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कोशी प्रदेशमा आयोजना बैङ्कमा योजना जम्मा गरिँदै

कोशी प्रदेशमा आयोजना बैङ्कमा योजना जम्मा गरिँदै
विज्ञापन
Advertisement

कटारी । कोशी प्रदेश आयोजना बैङ्कमा योजना जम्मा गर्न सुरु गरिएको छ । प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैङ्कमा जम्मा गर्न सुरु गरिएको हो । आज उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नं २ मा पर्ने स्थानीय तहका पदाधिकारी, सरोकार भएकाहरूलाई आयोजना बैङ्कबारे अभिमुखीकरण तथा वार्षिक योजना तर्जुमा गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आयोगका सदस्य किशोर थुलुङ्ग राईले पहिलो पटक आयोजना बैङ्कमार्फत आयोजना सङ्कलन सुरु गरिएको बताए । ‘बैङ्कमा जम्मा भएका योजनाको आवश्यकता र औचित्य हेरेर प्राथमिकीकरण गर्दै कार्यान्वयन गरिनेछ । त्यसैका लागि आयोजना बैङ्क बनाइएको हो’, उनले भने ।

यहाँको निर्वाचन क्षेत्र नं १ मा यसअघि नै आयोजना जम्मा गरिसकिएको छ । हाल प्रदेशका अन्य क्षेत्रमा पनि धमाधम आयोजना सङ्कलन भइरहेका आयोगका उपसचिव कृष्णकुमार न्यौपानेले जानकारी दिनुभयो । हाल जम्मा गरिएका योजना आगामी आर्थिक वर्ष २०८२र८३ देखि २०८६ सम्ममा प्राथमिकताका आधारमा कार्यन्वयनमा लगिने बताए । न्यौपानेका अनुसार आयोजना बैङ्कमा जम्मा हुने योजना प्रदेशले सञ्चालन गर्ने र त्यस्ता आयोजना रु पचास लाखमाथिका हुनुपर्नेछ । आगामी आर्थिक वर्षमा यस बैङ्कमा भएका आयोजनालाई मात्रै प्राथमिकीकरणमा राखेर योजना सञ्चालन हुनेछन् ।

कार्यक्रममा प्रदेशका पूर्वकृषि, सहकारी तथा उद्योगमन्त्री रामकुमार खत्रीले अल्पसङ्ख्यक र विगतमा पछि पारिएका समुदायलाई ध्यानमा राखेर आयोजना छनोट गरिनुपर्ने बताए ।

तीनै तहको सहकार्य र समन्वयमा आयोजना सञ्चालन गर्न सके मुलुकको विकासमा योगदान हुने   उनको भनाइ थियो । प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जा मगरले योजना लिपिवद्ध गर्दै कार्यन्वयनमा लैजानु महत्वपूर्ण काम भएको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी र सरोकार भएकाहरूको सामूहिक छलफलबाट एक हजारभन्दा बढी आयोजना जम्मा गरिएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit