Advertisement
Advertisement
Corporate Samachar
१३ श्रावण २०८३, बुधबार
Advertisement
Advertisement

देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख राहत दिने कोशी सरकारको घोषणा

देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख राहत दिने कोशी सरकारको घोषणा
विज्ञापन
Advertisement

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउने ओमप्रकाश मेहताको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। साथै आगजनीबाट घर, पसल तथा अन्य क्षति बेहोरेका परिवार र घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले राहत घोषणासँगै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न आठबुँदे निर्णय पनि गरेको हो। साउन १० गतेको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको प्रदेश सरकारले जनाएको छ।

बैठकले घटनामा मृत्यु भएका मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक दल, सामाजिक संस्था र प्रशासनबीच समन्वय बढाइनेछ। पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ भने स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा र सार्वजनिक अपिलसमेत गरिने निर्णय गरिएको छ।

बैठकले सबै धार्मिक समुदायका संघ–संस्थालाई संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै सीमावर्ती क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता बढाउने, घाइतेको उपचार तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

मुख्यमन्त्री कार्कीले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सम्बन्धित सबै पक्षलाई आग्रह गरे।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit