Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डेलिश डेरीजले नेपालमा नयाँ स्वादिष्ट उत्पादनहरू सार्वजनिक

डेलिश डेरीजले नेपालमा नयाँ स्वादिष्ट उत्पादनहरू सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली डेरी उद्योगमा आफ्नो अग्रणी स्थान बनाउँदै आएको डेलिश डेरीजले उपभोक्ताहरूलाई नवीन स्वादको अनुभव गराउन नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। कम्पनीले यसअघि नेपालमा पहिलोपटक ग्रीक योगर्ट प्रस्तुत गर्दै नवाचारको परिचय गराएको थियो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ उत्पादनहरूमध्ये फ्लेवरएड दूध र मिल्कशेकहरू प्रमुख आकर्षणका रूपमा रहेका छन्। फ्लेवरएड दूधमा केसर र बदामको परम्परागत स्वाद समेटिएको छ, जसले उपभोक्तालाई स्वादका साथै पोषण प्रदान गर्छ। मिल्कशेकहरूमा हेजलनट चकलेट, बनाना हनी सिनामोन, र कोल्ड कफी जस्ता आकर्षक विकल्पहरू उपलब्ध छन्।

स्वाद र पोषणको संयोजन
डेलिश डेरीजले २०१८ मा स्थापना भएदेखि नै प्राकृतिक सामग्री र स्थानीय रूपमा उत्पादित ताजा दूध प्रयोग गर्दै उच्च गुणस्तरीय उत्पादनहरू बजारमा ल्याउँदै आएको छ। हेजलनट चकलेट मिल्कशेकस् क्रिमी चकलेट र रोस्टेड हेजलनटको स्वादको अनुपम संयोजनका साथै बनाना हनी सिनामोन मिल्कशेकस् प्राकृतिक मिठास र न्यानो स्वादको उत्कृष्ट मिश्रण रहेकाे छ । कोल्डकफी मिल्कशेक : ऊर्जा प्रदान गर्ने ताजा र आकर्षक कफीको स्वाद रहेकाे  छ ।

गुणस्तर र समुदायप्रति प्रतिबद्धता
डेलिश डेरीजले उत्पादन प्रक्रियामा उच्चस्तरको हाइजिन र गुणस्तर मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ। उत्पादनका क्रममा मानव सम्पर्कलाई न्यूनतम राखेर उपभोक्ताहरूलाई शुद्ध र सुरक्षित डेरी उत्पादनहरू उपलब्ध गराइनेछ। साथै, कम्पनीले स्थानीय किसानहरूको आर्थिक वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले नैतिक स्रोत र सामुदायिक संलग्नतालाई प्राथमिकता दिँदै आएको छ।

नयाँ उत्पादनहरू मार्फत डेलिश डेरीजले नेपालको डेरी संस्कृतिलाई थप समृद्ध बनाउने लक्ष्य राखेको छ। उपभोक्ताहरूलाई स्वाद, पोषण र गुणस्तरको उत्कृष्ट संयोजन प्रदान गर्ने प्रतिबद्धतासहित कम्पनी निरन्तर नवाचार र विस्तार गर्दै अघि बढ्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit