Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाको सभापति बनाए हुन्छ : सभापति देउवा

ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाको सभापति बनाए हुन्छ : सभापति देउवा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । सभापति देउवाले केही दिनयता राजावादी पक्षधरहरूको गतिविधि बढेकोप्रति इङ्गीत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन नसक्ने बताए ।

उनले भने, “नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन, ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्, बरु राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।”

सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीति नै गर्नेभए पार्टी खोल्न सुझाव दिए । “राजनीति गर्ने भए पार्टी खोल्दा भइहाल्यो नि ! तर त्यो पार्टीमा जानेहरूले धेरै नै दुःख पाउँछन्”, देउवाले भने । उनले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit