Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

राजस्थानसामु हैदराबादको २८७ रनको विशाल लक्ष्य प्रस्तुत, किसनले बनाए सिजनको पहिलो शतक

राजस्थानसामु हैदराबादको २८७ रनको विशाल लक्ष्य प्रस्तुत, किसनले बनाए सिजनको पहिलो शतक
विज्ञापन
Advertisement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को दोस्रो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्ससामु २८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार घरेलु मैदानमा जारी खेलमा हैदराबादका इशान किसनले उम्दा पारी खेल्दै पहिलो खेलमै शतक प्रहार गरे । टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनायो ।

विज्ञापन
Advertisement
Advertisement

किसनले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । किसन यो सिजनको आईपीएलमा शतक बनाउने पहिलो ब्याटरसमेत बने ।

ओपनर ट्राभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाउँदा हेनरिक क्लासेनले ३४, नितिश रेड्डीले ३० र अर्का ओपनर अभिषेक शर्माले २४ रन बनाए । हैदराबादबाट दोहोरो अंकमा रन बनाएका सबै ब्याटरको स्ट्राइक रेट २०० भन्दा माथि थियो ।

राजस्थानविरुद्ध हैदराबादका ब्याटरले कुल ३४ चौका र १२ छक्का प्रहार गरेका छन् । राजस्थानका लागि तुसार देशपाण्डेले सर्वाधिक तीन, महिस थिक्षणाले दुई विकेट र सन्दीप शर्माले एक विकेट हात पारे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit