images
images
images

राजस्थानसामु हैदराबादको २८७ रनको विशाल लक्ष्य प्रस्तुत, किसनले बनाए सिजनको पहिलो शतक

images
images

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को दोस्रो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्ससामु २८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार घरेलु मैदानमा जारी खेलमा हैदराबादका इशान किसनले उम्दा पारी खेल्दै पहिलो खेलमै शतक प्रहार गरे । टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनायो ।

किसनले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । किसन यो सिजनको आईपीएलमा शतक बनाउने पहिलो ब्याटरसमेत बने ।

images
images

ओपनर ट्राभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाउँदा हेनरिक क्लासेनले ३४, नितिश रेड्डीले ३० र अर्का ओपनर अभिषेक शर्माले २४ रन बनाए । हैदराबादबाट दोहोरो अंकमा रन बनाएका सबै ब्याटरको स्ट्राइक रेट २०० भन्दा माथि थियो ।

राजस्थानविरुद्ध हैदराबादका ब्याटरले कुल ३४ चौका र १२ छक्का प्रहार गरेका छन् । राजस्थानका लागि तुसार देशपाण्डेले सर्वाधिक तीन, महिस थिक्षणाले दुई विकेट र सन्दीप शर्माले एक विकेट हात पारे ।

 

images
images

प्रतिक्रिया दिनुहोस्