काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म ४ लाख ३३ हजार करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलकाअनुसार आर्थिक वर्ष २०८०/८१ को माघसम्ममा कुल ४ लाख २६ हजार ३ सय ३० स्थायी लेखा नम्बर लिएका करदाता थप भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कुल ४ लाख ३३ हजार ७ सय ३ करदाता थपिएका छन् ।
यस्तै, स्थायी लेखा नम्बर लिएका करदाताको संख्या समेत ६६ लाख ५९ हजार ८ सय ३६ पुगेको छ । चालु आवको माघसम्म दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः ३०.२ प्रतिशत, ०.५ प्रतिशत र ६९.३ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
समीक्षा अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४१ हजार ७ सय १६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २३ हजार १ सय ३२ पुगेको तथ्यांकमा देखिएको छ ।
गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८१/ ८२ को बजेटमार्फत तर्जुमा गर्नुभएको राजश्व नीति र कार्यक्रममा राजश्व प्रणालीमा सुधार गरी देशभित्र आर्थिक क्रियाकलाप विस्तार, लगानी प्रवर्द्धन र स्वदेशी उत्पादन एवं उद्यमलाई प्राथमिकता दिई राजश्वको दायरा विस्तार गर्ने घोषणा गरेका थिए ।
बजेटपछि करदाताको संख्या उल्लेख्य बढेपनि सरकारको आम्दानीमा भने उत्साहजक वृद्धि हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत्र ८ सम्म लक्ष्यको ५१ प्रतिशत अर्थात ७ खर्ब ३७ अर्ब मात्रै संकलन गरेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्