Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिटिजन्स र माछापुच्छ्रे बैंकको सहकार्यमा ९५ करोड लगानी, नेपालमै पहिलो तेस्रो पक्ष भण्डारण सेवा परियोजना

सिटिजन्स र माछापुच्छ्रे बैंकको सहकार्यमा ९५ करोड लगानी, नेपालमै पहिलो तेस्रो पक्ष भण्डारण सेवा परियोजना
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे बैंकसहित दुई बैंकले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। यी बैंकहरू नेपालमा पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा लगानी गर्न लागेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

प्रवद्र्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा।लि। एवं बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौता भएको छ। परियोजना काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका, सांगामा निर्माण गरिनेछ।

परियोजनाको अनुमानित लागत १ अर्ब २० करोड ७ लाख रुपैयाँ रहेको छ। बैंकहरूले ८५ करोड रुपैयाँको आवधिक कर्जा (निर्माण अवधिको ब्याजबाहेक_ ८०)२० को ऋण–स्वपुँजी अनुपातमा लगानी गर्नेछन्। सिटिजन्स बैंकले ६० करोड (आवधिक कर्जा ५० करोड, बैंक ग्यारेण्टी ५ करोड, क्यास क्रेडिट ५ करोड) तथा माछापुच्छ्रे बैंकले २५ करोड रुपैयाँको आवधिक कर्जा लगानी गर्नेछन्। बाँकी स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइनेछ।

परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकले विभिन्न क्षेत्रमा सहवित्तीयकरण कर्जा लगानी गर्दै आएको बताए। उपाय वयरहाउजिङ्ग प्रा.लि.का अध्यक्ष सुमन रायमाझीका अनुसार परियोजना सम्पन्न भएपछि भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामग्री आपूर्ति तथा प्रबन्ध सेवा, लेबलिङ सेवा, ढुवानी सेवा लगायतका सेवा उपलब्ध गराइनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit