Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जलेश्वर भन्सारद्वारा लक्ष्यको आधा मात्रै राजस्व संकलन, आठ महिनामा दुई अर्ब, १५ करोड उठ्यो

जलेश्वर भन्सारद्वारा लक्ष्यको आधा मात्रै राजस्व संकलन, आठ महिनामा दुई अर्ब, १५ करोड उठ्यो
विज्ञापन
Advertisement

काठमाडौं । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा दुई अर्ब १५ करोड ५० लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

चालु आर्थिक वर्ष २०८१र८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए । चालु आर्थिक वर्षमा वार्षिक चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य कार्यालयले राखेको छ । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।

कार्यालयकाबाट प्राप्त विवरणअनुसार चालु आवको साउनमा ९२.१६, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मङ्सिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनको हालसम्ममा ८०.४४ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी विकले बताए ।

जलेश्वर भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९.१४ प्रतिशत रहेको छ । भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालमनमा आएपछि जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको भनाई विकको छ ।

कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ । जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit