Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

केन्द्रीय बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप खिच्दै

केन्द्रीय बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप खिच्दै
विज्ञापन
Advertisement

काठमाडौं । केन्द्रीय बैंकले बुधबार फेरि बजारबाट २० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज ८४ दिनका लागि उक्त रकम उठाउन लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रिय बैंकले वित्तीय प्रणालीको तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत सातामा दुई पटक तरलता खिच्दै आएको छ ।

अनलाइनमार्फत हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म रकम बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।

आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज आगामी ०८२ फागुन २७ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit