Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिजी मोटर्सले नेपाली बजारमा ल्यायो इलेक्ट्रिक पिकअप ‘रिडारा’, यस्ता छन् विशेषता

सिजी मोटर्सले नेपाली बजारमा ल्यायो इलेक्ट्रिक पिकअप ‘रिडारा’, यस्ता छन् विशेषता
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पहिलो शतप्रतिशत विद्युतीय पिकअप ‘रिडारा’ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा ‘रिडारा’ को आधिकारिक वितरक सिजी मोटर्सले सोमबार एक कार्यक्रमकाबीच उक्त पिकअप सार्वजनिक गरेको हो । यससँगै सिजी मोटर्सले नेपालको दिगो तथा विद्युतीय यातायातको दिशामा ऐतिहासिक कदम अगाडी बढाएको दाबी गरेको छ । अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको ‘रिडारा’ले ईभी पिकअप सेग्मेन्टमा नयाँस्तर स्थापित गर्ने कम्पनीले जनाएको छ ।

‘रिडारा’मा ४२४ किलोमिटरको उत्कृष्ट रेञ्ज र ७३ किलोवाट क्षमताको ब्याट्रि रहेको छ । नेपालको भौगोलिक अवस्थिति र सडक पूर्वाधारलाई मध्यनजर गर्दै रिडारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट फोर ह्विल ड्राइभ गरी विभिन्न ७ फरक ड्राइभिङ मोड राखिएको कम्पनीको भनाई छ । यसमा उपलब्ध ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणालीका कारण सवारी सुरक्षालाई थप मजबुत बनाउँछ। जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ ।

‘रिडारा’ अहिले प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । जसले यसको उत्कृष्ट विशेषताहरू र वातावरणमैत्री प्रविधिलाई अझ मूल्यवान बनाउनले कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit