काठमाडौं । लोकप्रिय स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाई–सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई–२९ सार्वजनिक गर्ने तयारी गरेको छ । यही अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने यो स्मार्टफोन भिभो वाई–२८ को परिमार्जित स्वरूपमा आएको जनाइएको छ ।
भिभो वाई–२९ केवल स्मार्टफोन आकर्षक मेटालिक हाइ–ग्लोस फ्रेम मा तयार गरिएको तथा डिभाइस नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंगहरुमा उपलब्ध गराइनेछ ।
फोनको प्रमुख विशेषता ६५०० एमएएच पावरफुल ब्याट्री रहेको बताइएको छ । जसमा ४४ वाट फ्ल्यास चार्ज सुविधा हुन्छ ।
एन्टि ड्रप आमेर डिजाइन स्कट् ए ग्लासको प्रयोगले यसलाई अल्ट्रा–रिलायबल डिभाइस बनाएको कम्पनीको दाबी छ । प्रोसेसिङ क्षमता क्वालकम स्न्यापड्रैगन ६८५ चिपसेट प्रयोग गरिएको छ, जुन ८ + ८ जि बी को विस्तारित ¥यामको साथ आउँछ ।
फोटोग्राफीमा रुची राख्नेहरुका लागि भिभो वाई–२९ मा ५० एमपी मुख्य क्यामेरा, १२० हर्ट्ज रिफ्रेश रेट भएको टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४०० % अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरू समावेश गरिएकाले उपयुक्त विकल्प हुने कम्पनीको भनाइ छ । जसले स्पोर्टस्, स्ट्रिमिङ वा भिडियो कलिङलाई राम्रो सपोर्ट गर्छ ।
कम्पनीले यही अप्रितमा उक्त फोन सार्वजनिक गर्ने भनेपनि मिति भने तोकेको छैन ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्