Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आधुनिक ईभीमा रहेका एयरब्यागहरू कसरी र कहिले सक्रिय हुन्छन्?

आधुनिक ईभीमा रहेका एयरब्यागहरू कसरी र कहिले सक्रिय हुन्छन्?
विज्ञापन
Advertisement

काठमाडौं । विश्वकै प्रमुख सवारीसाधन उत्पादक कम्पनीमध्ये एक जीएसीले नयाँ विद्युतीय एसयुभि  bZ3X हालै सार्वजनिक गर्यो । जुन पूर्ण रूपमा जीएसीद्वारा निर्मित गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

जीएसीले नवीनतम प्रविधिहरूको प्रयोग मार्फत सवारीसाधनको सुरक्षालाई उच्च प्राथमिकता दिँदै आएको छ। विशेष गरी, यसको एयरब्याग प्रणालीले दुर्घटनाको समयमा यात्रुहरूको सुरक्षालाई सुनिश्चित गर्छ।

एयरब्याग कसरी र कहिले सक्रिय हुन्छ? 

एयरब्याग सवारीसाधनको एक महत्वपूर्ण सुरक्षात्मक प्रणाली हो, जुन दुर्घटनाको समयमा यात्रुहरूलाई गम्भीर चोटबाट जोगाउन डिजाइन गरिएको हुन्छ।
सो एयरब्याग सवारीसाधनको गति उच्च भएर हुनसक्ने दुर्घटनाहरूमा एयरब्याग आवश्यक रूपमा सक्रिय हुन्छ। यस्तै, गाडीलाई पछाडी वा अगाडिबाट ठक्कर दिने अवस्था सिर्जना भएमा पनि अगाडिबाट हुने मध्यम वा गम्भीर टक्करहरूमा एयरब्याग खुल्ने सम्भावना बढी हुन्छ। ठूला सवारीसाधन, पर्खाल वा अन्य बलियो वस्तुसँगको ठक्कर लागेमा समेत एयरब्याग सक्रिय हुन्छन् र गम्भीर परिस्थिति निम्तनबाट जोगाउन मद्दत गर्ने कम्पनीको भनाइ छ।

सवारीको सेन्सरहरूले दुर्घटनाको प्रभाव मापन गरी एयरब्याग सक्रिय गर्ने, दुर्घटनाको गम्भीरता मापन गर्न सक्छन् । तर, साना ठक्करहरूमा – यदि दुर्घटना न्यून प्रभावको छ भने एयरब्याग खुल्दैन। यस्तै, सडक किनारका पोल वा रूखसँग ठक्कर हुँदा , सवारीको सेन्सर प्रणालीले दुर्घटनाको प्रकृति विश्लेषण गरी आवश्यक भए मात्र एयरब्याग सक्रिय गर्छ। यदी सवारीलाई पछाडिबाट ठक्कर लाग्यो भने अगाडिको एयरब्याग आवश्यक नपर्ने हुँदा खुल्दैन। गाडी पल्टिंदा यदि टक्कर गम्भीर छैन भने पनि एयरब्याग नखुल्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

जीएसी समूहले विश्वव्यापी सुरक्षा मापदण्डहरू अनुरूप आफ्नो विद्युतीय सवारीसाधनहरू निर्माण गर्दै आएको जनाएको छ। कम्पनीले नविनतम प्रविधिहरू र नवीनतम सुरक्षा प्रणालीहरू प्रयोग गरी सवारीसाधनको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई सवारीसाधनको म्यानुअल अध्ययन गर्न, एयरब्यागको कार्यप्रणाली बुझ्न र कुनै पनि जिज्ञासाका लागि जीएसीको आधिकारिक सेवा केन्द्रहरूमा सम्पर्क गर्न सुझाव दिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit